Tamsalingonline.com

ताम्सालिङअनलाईन

Basnetg.com - Premium Blogger Templates

परिक्षण पोस्ट

Published on Monday, June 4, 2012 5:28 AM //

श्रीप्रसाद जबेगु
एनेकपा माओवादी देशकै मुख्य र भरपर्दो संघीयवादी शक्ति हो । यो पार्टीले उत्पीडित जातिहरुको ऐतिहासिक पहिचानका आधारमा संघिय गणतन्त्रात्मक राज्य निर्माण गर्ने स्पष्ट दृष्टिकोण सहित व्यवहारीक रुपमा समेत संघिय नीति तथा कार्यक्रम अपनाउदै आएको छ । लिम्बू जातिको ऐतिहासिक पहचिानका आधारमा लिम्बुवान स्वायत्त राज्यको ऐजेण्डालाई राष्ट्रिय व्यापी थापित गर्ने काम पनि एनेकपा (माओवादी) बाटै भयो । उत्पीडित जातिहरुलाई सिद्धान्ततः आत्र्मानिणर्यको अधिकार दिने र निश्चित अवधि सम्मको लागि अग्राधिकारको सुनिश्चिता गर्ने सवालमा पनि यो पार्टी स्पष्ट रहँदै आएको छ ।
नेपाली कांग्रेस :
नेपाली कांग्रेस सामन्त, दलाल तथा नोकरशाही पुंजीपतिवर्गको सच्चा प्रतिनिधिको रुपमा नेका रहँदै आएको छ । तथाकथित लोकतन्त्र, प्रजातन्त्र र राष्ट्रवादको कुरा गरेर उत्पीडित वर्ग, क्षेत्र, जाति, लिंग एवं समुदायको पहिचान, ईतिहास र अधिकारलाई जबर्दस्त कुण्ठित गर्न एकात्मक राज्य व्यवस्थाकै पक्षपोषण र संघियताको विरोध गर्नु यो पार्टीको मुख्य रणनीति बन्न गएको छ ।
आज नेका जनयुद्ध, जनआन्दोलन, मधेष आन्दोलन, आदीवासी जनजाति आन्दोलन बाट प्राप्त राजनीतिक उपब्धिहरु लाई यो त्यो ढंगले तुहान उद्धत छ । उत्पीडित जातिको ऐतिहासिक पहिचानको आधारमा राज्यको संघिय ढांचामा पुर्नसंरचना गर्नु लाई राष्ट्रय विखण्डन र विभाजन ठान्नेे नेका को दृष्टिकोणले अन्ततः एउटा बंशमा आधारित सामन्ती राजतन्त्रात्मक व्यवस्थाकै पक्षपोषण गर्दछ । अतः देश, जनता र परिर्वतनको बाधकको रुपमा खडा भएको नेकाको विरुद्ध मुख्य प्रहार केन्दि्रत गर्न जरुरी छ । संघियताको विरुद्ध र एकात्मक राज्य व्यवस्थाको पक्षपोषण गर्ने मुख्य शक्ति नेकालाई जनसमुदायमा पुरा नागेझार पारेर मात्र आसन्न संविधान सभ्ाा २ को निर्वाचनमा पहिचान सहितको संघियताको पक्षमा दुईतिहाई बहुमत हसिल गर्न सम्भव छ ।
नेकपा-एमाले :
नेकपा – एमाले ढुलमुल, अस्थिर एवं यथास्थितिवादी शक्ति हो । आज एमाले विचार-दृष्टिकोणले माक्र्सवादी-लेनिनवादी भए पनि घोर दक्षिणपन्थी संशोधनवादी दलदलमा फसिसकेको छ । उत्पीडित जातिहरुलाई आत्मार्निणयको अधिकार सम्म प्रदान गर्न सकिन्ने विचार लेनिनवादलाई आफ्नो पार्टीको पथप्रदशक सिद्धान्तको रुपमा मान्नु र तर आज उत्पीडित जातिको ऐतिहासिक पहिचानको आधारमा स्वायत्त राज्यहरुको नामन्कन र सिमान्कन गर्दा देश विखण्डन हुन्छ भन्नुले नेकपा-एमाले बाह्रमणवादी तथा एकात्मकतावादी चिन्तन प्रवृत्तिको चक्रव्यूहबाट मुक्तहुन सकेको छैन । उक्त बाह्रमणवादी तथा एकात्मकतावादी चिन्तन प्रवृत्ति, ढुलमुल, अस्थिर, यथास्थितिवादी एवं संशोधनवादी विचार र कार्यशैलीका कारण यो पार्टी जनताबाट पुराई बढारिन्दै गएको छ । आज उ जनताको ऐजेण्डालाई ठिक ढंगले प्रतिनिधित्व गर्न नसक्ने हैसियतमा मात्र होईन आफ्नो अस्तित्व रक्षाको संकटको भूमरीमा परीसकेको छ ।
जीवन व्यवहारबाट प्रमाणित भएको छ कि संशोधनवादी सैद्धान्ति धरातलमा अडिएको यो पार्टी अन्ततः सामन्त, दलाल तथा नोकरशाही पूंजीपतिवर्गको नेतृत्व गर्ने नेका संगै घाटि जोडन पुगदछ र पुगदै आएको छ ।
मधेसी जनअधिकार फोरम :
मधेसी जनअधिकार एउटा क्षेत्रिय पार्टी हो । यसले मधेस एक प्रदेशको वकालत गर्दै आएको छ । मधेस एकप्रदेशको कुराले अन्ततः क्षेत्रियताको मुर्दालाई मात्र जोडदिएर मधेशको विविध जातीय पहिचानलाईलाई अस्विकार गर्दछ । निम्न पुंजीवादी तथा क्षेत्रियतवादी सैद्धान्तिक धरतलमा खडाभएको यो पार्टी आज मधेसी जनताको नाममा सामन्त दलाल तथा नोकरशाही पुंजीपतिवर्गको दलाली गरिरहेको छ । समग्र मधेसी जनताको मुक्तिमा भन्दा पनि आफ्नो निहित सत्ता स्वार्थमा चुर्लुम डुबेका कारण सत्ताको निम्ति मिल्ने र विभाजन हुने प्रकृया यो पार्टी वा मोर्चाको दनचर्या बनेको छ । तर पनि यो पार्टीले मधेसी जनता र पहिचान सहितको संघियताको पक्षपोषण गरिरहेकोले तात्कालिन रुपमा मित्र शक्तिको रुपमा लिएर जानुपर्दछ र उसको गलत विचार र प्रवृत्तिको भण्डाफोर गर्दै सामन्त, दालाल तथा नोकरशाही एवं एकात्मकवादको विरुद्ध संयुक्त वा एकल रुपमा सहकार्य वा संयुक्त मोर्चा निर्माण गर्दै अगाडि बढ्नु पर्दछ ।
संघीय समाजवादी :
संविधान सभाको अवसान पछि नेकपा-एमालेबाट बिद्रोह गरी गठन भएको संघीय समाजवादी पार्टी स्थापनादेखि नै गम्भिर वैचारिक सैद्धान्तिक संकटमा परेको छ । उसले संघीयताको वैचारिक पथप्रदशक लेनिनवादलाई नत स्वहर्ष आफ्नो पार्टीको पथप्रदशक सिद्धान्तको रुपमा स्वीकार गर्न सक्यो नत पुँजीवादी विचारधारालाई नै अंगाल्ने हिम्मत गर्न सक्यो । आज संघीय समाजवादी पार्टी माक्र्सवादलाई पनि उत्प्रेरक सिद्धान्तको रुपमा मात्र लिए पछि वैचारिक रुपमा नेकपा-एमाले भन्दा कमजोर र निकम्मा सावित हुन पुगेको छ । उक्त विचारधारात्मका संकटले उसले वकालत गरेको पहिचानसहितको संघीयताको ऐजेण्डा एनेकपा (माओवादी) बाट सापटी लिएको कुरालाई पुष्टि गर्दछ । यो स्थितिमा वैचारिक रुपमा रहेको उसको अस्पष्टताको विरुद्ध भण्डाफो र संघर्ष गर्दै तात्कालिन राजनीतिक संघर्षको दृष्टिले संघिय समाजवादीलाई मित्रशक्तिको रुपमा लिन जरुरी छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च :
शान्ति प्रकृयापछि गठन भएको यो पार्टीको सैद्धान्तिक धरातल निम्नपुंजीवादी तथा अन्धजातिवादी रहँदै आएको छ । यो पार्टीले जतिसुकै ठूलाठूला जातीय मुक्तिका कुरा गरे पनि अन्ततः कथित लोकतन्त्रवादीको कुरा गरेर नेका संगै वैतरनी जाने सवालमा कुनै शंका छैन । यो पार्टीले संघीय लिम्बुवान राज्य परिषदलाई लिम्बुवानमा आफ्नो भँजाइखाने भाँडोका रुपमा खडा गरेको छ । वस्तुगत धरातलमा होईन भावनात्मक पक्षलाई टेकेर राजनीतिक गर्नु यो पार्टीको चारित्रिक विशेषता हो । उक्त पार्टीको न त आफ्नो ठोस दृष्टिकोण नै छ न त स्पष्ट कार्यदिशाा नै छ । यस कारण उसले आफ्नो मित्रशक्ति र दुश्मनको ठीक ठीक पहिचान गर्दै मित्र शक्तिसँग मिल्नु र दुश्मनसँग लड्नुको अलाबा प्रतिकृयावादीहरुको उक्साहटमा मित्रसँग लड्न्े र आफ्नै दुश्मनलाई टेवा पुर्याउने कार्य गर्दै आएको छ । अन्ततः वर्ग र विचारको दृष्टिले यो पार्टीलाई प्रतिकृयावादी तथा साम्राज्यवादी शक्तिहरुले आफ्नो गोटी बनाउँदै हाम्रो विरुद्ध हतियारको रुपमा उपयोग गर्ने र गरिरहेको कुरा प्रति स्पष्ट हुनुपर्दछ । यो स्थितिमा यो पार्टीलाई प्रतिकृयावादी तथा साम्राज्यवादीहरु संगको सांठगाठबाट अलग्याउँदै तिनै प्रतिकृयावाद तथा साम्राज्यवादको विरुद्ध प्रयोग गर्न अधिकतम कोसिस गर्नुपर्दछ र त्यसका निम्ति तात्कालीन कार्यनीतिक रुपमा मित्र शक्तिको रुपमा लिएर जाने नीति लिनुपर्दछ ।
राष्ट्रिय जनमुक्ति पार्टी :
जनमुक्ति पार्टी जातीय पार्टीको रुपमा चिनिएको तर जनताको नजरमा सबैभन्दा बद्नाम भएको पार्टी हो । यो पार्टीको सैद्धान्तिक धरातल निन्नपुंजीवादी जातिवाद हो । अस्पष्ट र ढुलमुल दृष्टिकोणका कारण यो पार्टीलाई सामन्तवाद तथा साम्राज्यवादले उपयोग गर्दै आएको छ । उसको स्पष्ट र ढुलमुल र निम्नपुंजीवादी जातिवादी चिन्तन प्रवृत्तिको भण्डाफोर गर्दै लिम्बुवान स्वायत्त राज्य सहितको संघिय गणतान्त्रिक नेपाल स्थापनार्थको यो पेचिलो संघर्षको क्रममा मित्र शक्तिको रुपमा लिएर जानुपर्दछ ।
अन्य लिम्बू जन्य समुह र संगठनहरु :
पार्टीको स्तरमा होईन, एउटा समुह वा गुटकारुपमा दर्जनौ लिम्बूजन्य संगठनहरु खोलिएका छन् । रुप र रङ अलग भए पनि निम्नपुंजीवादी तथा अन्धजातीवादी सैद्धान्तिक धरतलमा गठन भएका यी गुट वा समुहरु राजनीतिक रुपमा अतिजातिवाद, अराजकतावाद र पृथकतावादमा व्यक्त भईरहेका छन् । यी समुह वा गुटहरुको अतिजातिवाद, अराजकतावाद र पृथकतावादको विरुद्ध भण्डाफोर गर्दै जानुपर्दछ र भ्रम वा अज्ञानतावस त्यो संगठनमा संगठित हुन पुगेका ईमान्दार नेता, कार्यकता र जनसमुदायलाई लिम्बुवान राष्ट्रिय मुक्ति आन्दोलनकाो मुलधारमा सहमाहित गर्ने प्रयत्न गर्नुपर्दछ ।
हाम्रा कमजोरीहरु :
· विचार, राजनीति र कार्यदिशा सहि र वैज्ञानिक हुंदाहुदै पनि सिंगो मोर्चामा स्पष्टता र बुझाईमा एकरुपता हुन नसक्नु मोर्चाको मुख्य कमजोरी रहदै आएको छ । यस प्रकारको कमजोरीले मोर्चा निस्कृय हुने मात्र होईन जनसमुदायमा समेत भ्रम रहँदै आएको छ । जसले गर्दा प्रतिकृयावादी तथा अन्धजातिवादीहरुले फाईदा उठाउँदै आएका छन् ।
· समग्र विचार, राजनीति र कार्यदिशामा भन्दा पनि आंशिक तथा प्राविधिक सवालमा जोड दिने र त्यसमै अल्लमल्ल पर्ने चिन्त पवृत्तिका कारणले पनि मोर्चाको काम प्रभावकारी हुनसकेको छैन ।
· विचार राजनीतिमा सर्वश्रेष्ठ भए पनि अझ मुख्यतः लिम्बू जातिको सघन उपस्थिति भएको क्षेत्रहरुमा सगठनात्मक रुपमा हाम्रो मोर्चाको स्थिति कमजोर रहेको छ यसले गर्दा हाम्रो मोर्चाको विचार, कार्यक्रम र योजनाहरु जनता सम्म पुग्न सकिराखेको छैन, न त नेतृत्वलाई जनतासंग जोड्ने काम नै प्रभावकारी हुन सकेको छ ।
· प्रचार प्रसार, प्रकाशन, केन्द्रीय कार्यालय लगायतका कामहरु प्रभावकारी हुन सकेका छैनन् ।
· यी सीमा र कमजोरीको सम्पूर्ण दोष अरुलाई वा दुश्मनलाई थोपरेर होइन, आफैप्रति निर्मम बनेर नै समस्याको निराकरण गर्न सम्भव छ । विचार, राजनीति र कार्यदिशामा निरन्तर बहस, छलफल, अन्तरकृया र प्रशिक्षण, प्रकाशनलागायतका कामहरुलाई व्यवस्थित गरेर नै समग्र विचर, राजनीति र कार्यदिशामा एकरुपता र स्पष्टता हसिल गर्न सकिन्छ । आशिंक वा प्राविधिक विषयमा भन्दा समग्र विचार, राजनीति र कार्यदिशामा जोडदिएर नै क्रान्तिकारी गुणात्मक फड्को मार्न सकिन्ने छ । आंशिक वा प्राविधिक सवालमा जोड दिनाले अन्ततः संगठनलाई विर्सजन र विघटनको दिशामा लाने कुराप्रति सिंगो मोर्चा स्पष्ट हुन जरुरी छ । जनताको लोकपि्रय नेता आफुलाई मात्र ठान्ने तर जनतामा जानुको सट्टा हुकुमी शैलीमा सबै काम गर्न खोज्ने आदि परीपाटीको पूर्ण रुपमा अन्त्य गर्नुपर्दछ ।
(यसैसाता पाँचथरको फिदिममा सम्पन्न एमाओवादी निकट लिम्बुवान मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनमा अध्यक्ष जबेगुद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको अंश)
- See more at: http://www.onlinekhabar.com/2013/06/83215/#sthash.7rKcig0c.dpuf

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!